आर्थिक संकट भइरहेका बेला नेपालबाट पैसा बोकेर भाग्न लागेका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध अमेरिकन डलर, चिनियाँ र भारतीय मुद्रासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले एयर ईण्डियाको जहाजबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्ने बेला ४४ वर्षीय चिनियाँ नागरिक थिनलेटी चोडेनलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

चोडेनको साथबाट अमरिकी डलर १६ हजार ४ सय २१, चिनियाँ युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार बरामद भएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकलाई आवश्यक कारबाहीको लागि प्रहरीले राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुरमा पठाएको छ ।

Published : Tuesday, 2023 October 17, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया