के गर्दै छन् काठमाडौंमा दक्षिण भारतीय चर्चित अभिनेता जगपति ?

काठमाडौं । नेपाल भ्रमणका लागि भारतीय अभिनेता जगपति बाबु काठमाडौंमा आएका छन् ।

चर्चित अभिनेता जगपतिले काठमाडौंका विभिन्न स्थानको भ्रमण तथा अवलोकनहरू गरेका छन् । उनले दरबारमार्गमा नेपाली खाना खानेदेखि घुमघाम गरेका छन् । नेपालमा पनि उनका प्रशंसकहरू उल्लेख्य संख्यामा छन् ।

उनले सोमबार साँझ दरबारमार्गस्थित हार्ड रक क्याफेमा खाना खाएका छन् । उनले होटलका स्टाफलाई केही उपहार पनि दिएको देखिन्छ । उनले ठमेलमा पनि घुमफिर गरेका छन् ।

नेपाल भ्रमणको उद्देश्यका बारेमा जगपतिले केही भनेका छैनन् । दक्षिण भारतीय फिल्मको छायांकनका लागि उनी काठमाडौंमा आएको बताइएको छ । फिल्ममा केही नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।

‘पुष्प २’, ‘सालार’ लगायतका फिल्ममा उनले अभियन गरेका छन् ।

Published : Tuesday, 2023 October 17, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया