नेपालबाट दुर्लभ खनिज चीन लैजान खोज्ने चिनियाँ नागरिकलाई जरिवाना गराइ छाडियो
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ३६ वर्षीय झाङ डिकिङलाई पक्राउ गरेर जरिवाना गराइ छाडेको छ ।
झाङले अबैध रुपमा नेपालबाट दुर्लभ खनिज चाँदी जस्तो देखिने खैरो रंगको धुलो दुई पोका लिएर चीन जान लागेका थिए ।
चिनियाँ एयरलाइन्स सिचुआनबाट उनी असोज २८ गते अबैध रुपमा दुर्लभ खनिज लिएर जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुर्लभ खनिजलाई प्रहरीले खानी तथा भू–गर्भ विभागले परीक्षण गरेका थिए । चिनियाँ नागरिक झाङले अनुमति नलिइ दुर्लभ खनिज पदार्थ नेपालबाट चीन लैजान लागेको भन्दै एक लाख रुपियाँ जरिवाना गरे छाडिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Tuesday, 2023 October 17, 8:37 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया