दैलेखका पन्त काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले दैलेख घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ गरेको जनाएको छ ।

पन्तले अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपियाँ ठगी गरेको आरोपमा पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पन्तलाई प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा पन्तलाई पक्राउ गरिएको थियो । थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Published : Tuesday, 2023 October 17, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया