आन्तरिक मनमुटाव हुन् सक्छ, त्यसको असर कांग्रेसमा पर्न दिन हुँदैन : डा.राणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले माता दुर्गा भवानीले सबैमा सकरात्मक सोँच्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेकी छिन् ।
शनिबार काठमाडौंमा नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा डा.राणाले अमूल्य जीवन अरुको बारेमा नकरात्मक सोँचेर खेर नफाल्न आग्रह गरेकी छिन् । उनले शक्तिरुपा माता दुर्गा भवानीले सबैमा सकरात्मक सोँच्न सक्ने शक्ति प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।
‘सबैले सकरात्मक सोचौं । जे सोँच्यो त्यस्तै बन्ने भएकाले सकरात्मक सोचौं । नकरात्मक सोचेर समय खेर नफालौं’, उनले भनिन्, ‘माता दुर्गा भवानीले सबैमा सकरात्मक सोँचको विकास गर्ने शक्ति प्रदान गरून् ।’
कांग्रेस नेतृ डा.राणाले सबै नेता कार्यकर्ताले पार्टी एकजुट बनाउन लाग्नुपर्ने बताइन् । पार्टीमा आन्तरिक मनमुटाव हुन् सक्ने भन्दै डा.राणाले त्यसको असर पार्टीको संगठनमा पर्न दिन नहुनेमा सबै सचेत बन्नुपर्ने बताइन् ।
उनले अवसरका लागि हतार गर्न जरुरी नभएको भन्दै संगठन बलियो बनाउन लागेमा अवश्य एकदिन अवसर पाइने बताइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, केन्द्रीय सदस्य लक्ष्मी सापकोटा, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का, नेपाली कांग्रेस अछामका पार्टी सभापति पुष्पबहादुर शाह, कांग्रेस अछामका पूर्व पार्टी सभापति भरतकुमार स्वार, यज्ञराज उपाध्यायले शुभकामना मन्तब्य राखेका थिए ।
अछाम–काठमाडौं सम्पर्क समितिका सभापति जनकबहादुर धामीले समितिले विभिन्न कामले अछामबाट काठमाडौं आउनेहरूलाई सक्दो सहयोग गर्ने बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया