खोटाङ घर भएका सेनाका प्युठ भुपजितको कंगोमा निधन
काठमाडौं । नेपाली सेनाका प्युठ भुपजित राईको शान्ति सेनामा खटिएका बेला कंगोमा निधन भएको छ ।
राईको असोज २६ गते निधन भएको नेपाली सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । राईको शवलाई स्वदेश ल्याउने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि कंगोमा तैनाथ श्री नरसिंहदल गण (शान्ति सेना) उनन्तीसौँ डफ्फामा कार्यरत प्यूठ राईको निधन भएको सेनाले जनाएको छ ।
राईको स्थायी ठेगाना कोशी प्रदेशको खोटाङ जिल्ला, फक्टाङ्ग गाउँपालिका वडा नं. ८ मा पर्छ । गणमा कार्यरत रहेका बेला राई बिरामी परेका थिए ।
कंगोको बुनियास्थित मोरक्कन लेभल २ अस्पतालमा राईको उपचारका क्रममा निधन भएको थियो ।
Published : Friday, 2023 October 13, 11:30 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया