बर्दिया र मुस्ताङमा जबरजस्ती करणी, दुई जना पक्राउ

काठमाडौं । मुस्ताङ जिल्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २६ वर्षीय जप्याङ गुरूङलाई पक्राउ गरेको छ ।

लोमान्थाङ गाउँपालिका–३ बस्ने २६ वर्षीय गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका–२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेका थिए ।

पीडित बालिकाका आफन्तको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

उता, बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई सोही नगरपालिका–३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।

पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने २९ वर्षीय अतल बहादुर थारूलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

Published : Friday, 2023 October 13, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया