चार जना सीडीओहरूको सरुवा
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा भएको छ ।
गृह मन्त्रालयले बाँकेका सीडीओ विपिन आर्चायको सरुवा गरेर श्रवणकुमार पोखरेललाई जिम्मेवारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सीडीओ कोमलप्रसाद धमलाको सरुवा भएको छ । धमलाको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा भएको छ ।
सर्लाहीका सीडीओ इन्द्रदेव यादवको इलाममा सरुवा भएको छ । गृह मन्त्रालयमा रहेका टुवराज पोखरेलको दोलखाको सीडीओमा सरुवा भएको छ ।
Published : Thursday, 2023 October 12, 4:49 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया