सुमेरुको अर्बौं कुम्ल्याएर भागेका भरतले अक्सफोर्डमा किनेको घर, पाताकसेर ल्याउन माग
काठमाडौं । ललितपुरमा मुख्यालय रहेको सुमेरु बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अर्बौं रुपियाँ कुम्ल्याएर फरार भएका भरत महर्जनले बेलायतमा घर किनेका छन् ।
महर्जनले इंङग्ल्याण्डको अक्सफोर्डमा छोरी सरला महर्जन र ज्वाइँ डा.निमितराज श्रेष्ठको नाममा घर किनेरा सोही घरमा लुकेर बसेको सहकारीका पीडितहरूले आरोप लगाएका छन् ।
भरत महर्जनका छोरा सचिन महर्जन पनि सहोही घरमा बस्दै आएका छन् । अक्सफोर्डको बिट्रिश हिल्स क्लोजको सडकको घर नम्बर ७ म लुकेरा बसिरको सहकारीपीडितहरूले बताएका छन् ।
भरत महर्जनले छोरी–ज्वाइँलाई महँङ्गो रेञ्जरोभर गाडी किनेर रमाइलो गरेका छन् । डा.निमित श्रेष्ठको नाममा भरत महर्जनले पैसा लुकाएर राखेको आरोप लागेको छ ।
भरत महर्जन र उनको सुमेरु सहकारीका पीडितहरूले नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याइ कारबाही गर्नुपर्ने माग गरेका छन् ।
भरत महर्जन र उनका छोरी–ज्वाइँलाई लागेको आरोपका विषयमा प्रतिक्रिया लिन सामाजिक सञ्जालहरूबाट सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया