चित्त नबुझेपछि अख्तियार २८ जनाको नाम बोकेर सर्वोच्च पुग्यो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त नबुझेका चार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी गरेको आरोपमा सञ्जय कुमार ठाकुरसमेत २८ जनाको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
पुष्पा श्रेष्ठसमेत १४ जनाको हकमा दुई करोड १६ लाख ७३ हजार ५० रुपियाँ, ९ जनाको हकमा दुई करोड ३० लाख ७२ हजार ५०० र पाँच जनाको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी रहेको छ ।
घुस लिएको आरोपमा भोगेन्द्रप्रसाद साहविरुद्ध ६ लाख ९९ हजार रुपियाँ बिगोमध्ये बरामद एक लाख २९ हजार १०५ रुपियाँ र जफत हुन बाँकी पाँच लाख ६९ हजार ८९५ रुपियाँको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ ।
सरकारी रकम हिनामिना गरेको आरोपमा धर्मराज अधिकारीसहित आठजनाको मुद्दामा अधिकारीको हकमा ४६ लाख १५ हजार २०१ रुपियाँ बिगो रकमसहितको मुद्दा पुनरावेदन भएको आयोगले जनाएको छ ।
सरकारी रकम हिनामिना गरेको आरोपमा नै बाबुराम पाण्डे, प्रवीन बस्ती, हसीमान गुरुङ, अनिता गुरुङ, रामनारायण चौधरीसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ ।
पाण्डे, बस्ती र चौधरीलाई दश लाख ६३ हजार ५७ रुपियाँ जनही बिगो कायमसहित सजायको मागदाबी गरिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया