मन्त्री किराँतीले जहाज जुम्ला पठाएपछि फाप्लु र ताप्लेजुङका जनताले दु:ख पाए
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको जहाजलाई जुम्ला पठाएपछि तालिकाहरू प्रभावित बनेको छ ।
बिहीबार मन्त्री किराँतीले निगमलाई ठाडो आदेश दिएर जहाजलाई जुम्ला पठाइदिएका थिए । दुर्घटनामा परी विगत ६ दिनदेखि गम्भीर बिरामी भई उपचारको पर्खाइमा रहेका एक बिरामीलाई लिन निगमको जहाज जुम्ला उडेपछि उडान तालिकाहरू प्रभावित बनेका हुन् ।
बिरामीलाई तत्काल थप उपचारको लागि नेपालगञ्ज लैजानुपर्ने भएपनि खराब मौसमको कारण विगत केही दिनदेखि उडान हुन सकेको थिएन ।
बिरामीको उद्धारमा जहाज पठाइँदा बिहीबार आरए १२९ (ताप्लेजुङ) र आरए ११७ फाप्लु (सोलुखुम्बु) नियमित उडान रद्द हुन पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
ती उडानहरू शुक्रबार बिहान नियमित समयमा हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गरेको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया