हिमालयन एयरको जहाजबाट आएका मान्छेहरूसँग सुन भेटियो
काठमाडौं । सुन जस्तो देखिने पहेलो धातुसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो धातु ३ सय २० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।
हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई विमानस्थलको आगमन लिफ्ट भर्याङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया