तरुण दलका केन्द्रीय सदस्यहरूको शपथ आइतबार
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूलाई असोज २१ गते आइतबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
काठमाडौंमा आइतबार बिहान ११ बजे शपथको कार्यक्रम राखिएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् । उनले भने, ‘सबै साथीहरूलाई शनिबार बेलुकासम्म काठमाडौं उपत्यकाभित्र आइसक्ने गरेर सूचना जारी भएको छ । असोज २१ गते आइतबारका दिन पद तथा गोपनीयताको शपथको कार्यक्रम हुनेछ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।
अध्यक्ष गुरुङले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई तरुण दलको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।
Published : Wednesday, 2023 October 4, 11:07 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया