तरुण दलद्वारा मानवीय सहायतमा लाग्न अपील, भूकम्पबाट भएको क्षतिप्रति चिन्ता व्यक्त
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बझाङ जिल्लामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन् ।
मंगलबार विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भूकम्पबाट प्रभावितहरूको उद्धार र व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
उनले तरुणहरूलाई बुझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका सर्वसाधारणको उद्धारमा जुट्न अनुरोध गरेका छन् ।
उनले भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ गरेका छन् । अध्यक्ष गुरुङले मानवीय सहायता र राहतका लागि पनि अपील गरेका छन् ।
मंगलबार दिउँसो ३ बजेतिर गएको भूकम्पबाट बुझाङ, दाङ, डोटी, अछाम, बाजुरा लगायतका जिल्लामा नोक्सानी गरेको प्रारम्भीक अनुमान छ ।
Published : Tuesday, 2023 October 3, 10:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया