रोल्पामा जेसीबी दुर्घटना हुँदा मसुरियाका चौधरीको मृत्यु
घोराही । रोल्पा जिल्लामा जेसिबी दुर्घटना हुँदा दाङ घर भएका सहचालक २२ वर्षीय अमृत चौधरीको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–१ भदौरे मोडस्थित सडकमा दाङबाट लिवाङतर्फ जाँदै गरको ई.जि.कन्ट्रक्सन प्रालि दाङको रा.१ क ११८७ नम्बरको जेसिबीको ब्रेक फेल भई आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा सह–चालक दाङको राप्ती गाउँपालिका–३ मसुरिया बस्ने अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Monday, 2023 October 2, 1:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया