लेनदेन विवादमा पक्राउ परेका अनमोल केसी हिरासतमुक्त

काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।

आइतबार साँझ केसीलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । केसीलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताएका छन् ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अभिनेता केसीविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रहरीले केसीलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो । बिरामी भएको नौटंकी गरेर अभिनेता केसी चिरायु अस्पतालमा बसेका थिए । दुई रात केसीले अस्पतालको हिरासत कक्षभित्र बताएका छन् ।

Published : Sunday, 2023 October 1, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया