बाँगेसिमल नजिकै जंगलमा शव फेला

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बाँगेसिमल नजिकैको जंगलमा वेवारिसे शव फेला परेको छ ।

बाँगेसिमलमा रहेको प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिणतर्फ जंगलमा वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी चौकी बाँगेसिमलको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।

‘शवको प्रकृति हेर्दा सडेको अवस्थामा छ’, प्रहरीले भनेको छ, ‘शरीरमा कपडा छैन । खैरो रंगको कट्टु मात्रै छ । अनुहार चिनिने अवस्थामा छैन् ।’

प्रहरीले शव भेटिएपछि प्रक्रिया पूरा गरेर प्रदेश अस्पतालको पोष्टमार्टम गृहमा पठाएको छ । मृत भेटिएका व्यक्तिको पुरुष रहेको र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 October 1, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया