निसीखोलाका डुलमणिको गोठभित्र बन्दुक

काठमाडौं । बाग्लुङ जिल्लामा प्रहरीले भरूवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

निसीखोला गाउँपालिका–६ बुढाथोक बस्ने ६० वर्षीय डुलमणि बुढालाई एकनाले भरूवा बन्दुक १ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही ठाउँस्थित गोठमा भरूवा बन्दुक लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी प्रहरी चौकी निसीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त बन्दुक डुलमणिको भन्ने खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2023 September 30, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया