बाख्राले बाली खाएको झोँकमा धादिङमा सुकमायाको हत्या

काठमाडौं । धादिङ जिल्लामा धारिलो हतियार खुर्पा प्रहार गरी वृद्धाको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

नेत्रावती गाउँपालिका–४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको छ ।

थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Published : Saturday, 2023 September 30, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया