धेरै बढ्ता भएपछि भुवन केसीका छोरा अनमोल पक्राउ

काठमाडौं । ‘रावायण’ फिल्मका निर्देशक सुदर्शन थापाको उजुरीमा अभिनेता भुवन केसीका छोरा तथा नायक अनमोल केसी पक्राउ परेका छन् ।

शुक्रबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले अनमोललाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । अनमोललाई आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अनमोलमाथि १ करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको छ । अदालतबाट अनुमति लिएर पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताएका छन् ।

अनमोलले फिल्म ‘रावायण’मा अभिनय गर्न सहमत भएर १० लाख रकम लिएका थिए । अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै अनमोलविरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

अनमोललाई छलफलका लागि पटक–पटक सम्पर्क गरेर बोलाउँदा अटेर गरेर नआएपछि उजुरी र उजुरीसँग संलग्न प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अनमोलले अभियन गरेको ‘छड्के–२’ सुपरफ्लप भएपछि तनाबमा थिए । ‘रावायण’ फिल्मको निर्माण टिम चित्त नबुझेको भन्दै अनमोलनले अभिनय गर्न अस्वीकार गरेका थिए । पेश्की रकम लिएर पनि फिल्म खेल्न अस्वीकार गरेपछि अनमोल प्रहरीको फन्दामा परेका छन् ।

Published : Friday, 2023 September 29, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया