चिकित्सक र अस्पतालको सुरक्षाका लागि स्वास्थ्यमन्त्री बस्नेतले ल्याए योजना
काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलले असुरक्षित ठानिएका चिकित्सक र अस्पतालमा ६ देखि ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने निर्णय भएको बताएका छन् ।
समितिको बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराएका छन् ।
पछिललो समय देशका विभिन्न ठाउँमा रहेका अस्पतालमा चिकित्सकहरूमाथि आक्रमण हुने क्रम बढ्दो छ ।
सुरक्षाको माग राखेर चिकित्सकहरू आन्दोलनमा छन् । उपचारका क्रममा चिकित्सकहरूको लापरबाहीले बिरामीको धमाधम मृत्यु हुन थालेपछि आफन्तले चिकित्सकहरूलाई दनक दिन थालेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया