राजपुरबाट रामकुवेर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले विना इजाजत अबैध काठ ओसारपसार मुद्दाका फरार प्रतिवादी ५२ वर्षीय रामकुवेर यादवलाई पक्राउ गरेको छ ।

यादवविरुद्ध सर्वेच्च अदालतबाट मिति २०७६/०२/३० गते विना इजाजत अवैध काठ ओसारपसार मुद्दामा ६ महिना कैद र बयासी हजार सात सय चार रुपियाँ जरिवाना सजाय फैसला भएको थियो । यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सजाय भएपछि यादव फरार रहेका थिए । राजपुर गाउँपालिका वडा नं.३ भैसहवा बस्ने यादवलाई प्रहरीले खोजतलास गरेको थियो ।

उनलाई खोजतलास गर्दै जाँदा बिहीबार भैसहवामा लुकिछिपी बसिरहेको अवस्थामा फेलापारी दाङ जिल्ला अदालतमा बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2023 September 28, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया