प्याङगाउँको पहिचान बचाउन सांस्कृतिक कार्यक्रम, स्थानीय प्रस्तुतिहरू प्रदर्शन

काठमाडौं । स्थानीय युवाहरूको पहल र प्याङगाउँको पहिचानको प्रचार गर्ने उदेश्यले ललितपुरको चापागाउँमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
गोदावरी नगरपालिकाको वडा नम्बर ११ स्थित प्याङगाउँ सांस्कृतिक सम्पदा युवा समूहको आयोजना सांस्कृतिक कार्यक्रम गरिएको छ ।
प्याङगाउँ पुरानो सम्पदा नाँच लाखेँका साथै देशका कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिएका छन् । सांस्कृतिक कार्यक्रममा कलाकार मनोज गजुरेल, गायक राजनराज सिवाकोटी, गायिका सज्जा चौलागाईं लगायतले प्रस्तुति दिएका छन् ।
प्याङगाउँ ललितपुरको ऐतिहासिक पुरानो बस्ती हो । प्याङगाउँमा केही वर्ष अगाडिसम्म सयौं पर्यटक आउने गरेका थिए ।
२०७२ सालको भूकम्पले प्याङगाउँको ऐतिहासिक बस्तीका घरहरू भत्काएपछि पर्यटक आउने क्रम घटेको बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनले बताएका छन् ।
प्याङगाउँका बासिन्दाहले आफ्नै तरिकाले नयाँ घरहरू बनाउन थालेका छन् । त्यसको असर पर्यटनमा परेको छ । पुरानो बस्ती मास्दै गएपछि ऐतिहासिक प्याङगाउँलाई पुरानै शैलीमा बनाउन प्रयासहरू भइरहेका छन् ।
प्याङगाउँको पुरानो पहिचानलाई स्वदेश र विदेशमा प्रचार गर्ने उदेश्यले हरेक वर्ष सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । प्याङगाउँ सांस्कृतिक सम्पदा युवा समूहका अध्यक्ष सम्पूर्ण महर्जनले पुरानो संस्कृति र पहिचानलाई बचानउने चुनौती रहेको बताएका छन् ।
सांस्कृतिक कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसबाट बागमती प्रदेश सभामा निर्वाचित सदस्य मीनकृष्ण महर्जनले गरेका छन् । प्रमुख अतिथि महर्जनले पानसमा बत्ती बालेर सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, उप–प्रमुख मुना अधिकारीको उपस्थिति रहेको थियो ।




बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया