विप्लवले बुहारी भित्र्याए, छोराको धुमधामसहित बिहे गरिदिए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना छोरा डा.प्रकाश चन्दको विवाह गरिदिएका छन् ।
बुधबार कपिलवस्तुको शिवपुरमा प्रकाश र डा.मान्यता थापाबीच विवाह भएको हो । मान्यता चितवन निवासी हुन् ।
प्रकाश र मान्यताबीच चितवनमा एमबीबीएस अध्ययका क्रममा मायाप्रेम भएको थियो । अहिले आएर उनीहरूले विवाह गरेका छन् ।
विवाहमा विप्लवको पार्टीका शीर्ष नेता, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
प्रकाशको विवाहमा लुम्बिनी प्रदेशसभाका सभामुख तथा माओवादी केन्द्रका नेता तुलाराम घर्ती ‘वसन्त’ पनि पुगेका थिए ।
विप्लवका छोरा प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव छन् । प्रकाशकी पत्नी केन्द्रीय सदस्य छिन् ।
विप्लवले जनताका छोराछोरीलाई कथित युद्धमा लगाएर आफ्ना छोरालाई चिकित्सक बनाएका छन् । जनताको कुरा गरेर हैरान बनाएका विप्लवले छोराप्रति निकै मोह राख्छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया