भगौडा टोले गुण्डा चाइनिज पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं । प्रहरीले दैलेखबाट जयन्दु बाल सुधार गृहबाट भागी फरार रहेका एकजना बालबन्दीलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

दैलेखको महाबु गाउँपालिका–२ वतन भएका १ जना बालबन्दीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँके र स्थानीय प्रहरीले बालबन्दीलाई हतियारसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

महाबु गाउँपालिका–२ टुसारापानीबाट १ थान चाइनिज पेस्तोल, सोको म्याग्जिन २ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, हत्कडी १ थान र चेस्ट प्लेटमा प्रसनि लेखिएको कालो चुस्ता १ जोर बुधबार बिहान प्रहरीले बरामद गरेको जनाएको छ ।

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुर हिरमिनियास्थित जयन्दु बाल सुधार गृहबाट भागी फरार रहेका दैलेख महाबु गाउँपालिका–२ वतन भएका १ जना बालबन्दीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी गैडाबाजबाट खटिएको प्रहरीलाई देखेपछि ती बालबन्दीले झोला फाली फरार भएका थिए ।

प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त हतियार र सामग्री फेला पारी बरामद गरेको हो । तत्काल खोजी गर्ने क्रममा महावु गाउँपालिका–२ मात्मको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा ती बालबन्दीलाई २ थान मोबाइल र ५० रूपियाँको रिचार्ज कार्ड ११ पिससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Wednesday, 2023 September 27, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया