रमेशलाई कीर्तिपुरबाट पक्राउ

काठमाडौं । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले ३५ वर्षीय रमेश बडूलाई पक्राउ गरेको छ ।

कुम्भराज जोशी समेत ५ जना लाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी १३ लाख १५ हजार ठगी गर्ने बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ४ स्थाई घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १६ भैसीपाटी बस्ने बडूलाई शनिाबर पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बडूलाई प्रहरीको टोलीले कीर्तिपुर नगरपालिका वडा नं. २ कीर्तिपुरबाट पक्राउ गरेको छ ।

बडूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 September 24, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया