मुलुककै बदनाम मान्छेसँग चुनाव लडे, कांग्रेसकै नेताहरूले उहाँलाई जिताउनुभयो : शिव हुमागाइँ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाहुमागाइँले आफूलाई हराउन पार्टीकै जिम्मेवार नेता लागेको आरोप लगाएका छन् ।
आइतबार सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै हुमागाइँले आफूलाई हराएर एमालेका गोकुल बास्कोटालाई जिताउन पार्टीकै नेताहरू लागेको बताए । पार्टीभित्रकै नेताहरूका कारण आफू हारेको बताएका छन् ।
उनले भने, ‘म मुलुककै सबैभन्दा बदनाम मान्छेसँग चुनाव लडेको छु । पार्टीकै जिम्मेवार नेताहरू उहाँलाई सघाउन लागे ।’
कांग्रेसका नेता हुमागाइँले बालकृष्ण खाण थुनामा गएपछि गृहमन्त्रीलाई बधाइ दिन गएका कांग्रेसका नेताहरू माओवादीका नेताका बाबु र छोरा सुनकाण्डमा पर्दा के गरेर बसेका छन् भनेर प्रश्न गरेका छन् ।
उनले भने, ‘बालकृष्ण खाण पार्टीको जिम्मेवार नेता । उहाँको दोष कतै देखिएको छैन । उहाँलाई कारबाही गर्न गृहमन्त्री कहाँ जानुभयो ।’
‘अहिले माओवादी नेताकै बाउछोरा सुन तस्करी प्रकरणमा नाम आउँदा फेरि डेलिगेसन जानुहुन्छ कि हुँदैन ?’, उनले भने, ‘यसरी चलाउने हो भने पार्टी अगाडि बढ्न सक्दैन ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया