महासचिव थापालाई सामाखुसीका युवाहरूले दिए बधाइ र शुभकामना

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय सचिवालय सदस्य घमबहादुर थापालाई बधाइ तथा कार्यकालको शुभकामना दिइएको छ ।

काठमाडौंको सामाखुसीका युवाहरूले थापालाई बधाइ तथा शुभकामना दिएका हुन् । दिनेश बगालेको संयोजनामा महासचिव थापालाई बधाइ दिइएको छ ।

केही दिन अगाडि थापा महासंघको महासचिव तथा अन्तर्राष्ट्रिय सचिवालय सदस्यमा निर्वाचित भएका थिए ।

खेलकुद क्षेत्रमा सक्रिय थापाले गण्डकी प्रदेश र काठमाडौं उपत्यकामा विभिन्न खेलकुदसम्बन्धी गतिविधि गर्दै आएका छन् ।

Published : Saturday, 2023 September 23, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया