देउखुरीबाट वीरेन्द्र भनिने धिरेन्द्र पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले ३९ को धिरेन्द्र चौधरी ‘वीरेन्द्र’लाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालत काठमाडौंबाट मिति २०७९/१०/१५ गते चौधरीलाई ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला भएको थियो ।

देउखुरीको गढवा गाउँपालिका वडा नं. ४ बस्ने चौधरीलाई खोजतलास गर्ने क्रममा असोज ४ गते बिहीबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतबाट कैद तथा सजाय फैसला भएपछि चौधरी फरार रहेका थिए । उनलाई ङगढवा– ४ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौधरीलाई पक्राउ गरेरपछि प्रहरीले असोज ४ गते दाङ जिल्ला अदालतमा बुझाइएको छ ।

Published : Friday, 2023 September 22, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया