बुटवलको होटल वजनमा महिलाको शव, प्रवीनसहित ६ जना पक्राउ

काठमाडौं । रुपन्देही जिल्लामा गुल्मी घर भएकी २१ वर्षीया महिलाको शव होटलको कोठामा फेला परेको छ ।

बुटवल उप–महानगरपालिका–९ इँटाभट्टीस्थित होटल वजनमा हाल नाम, थर, वतन नखुलेकी २१ वर्षीया महिला बुधबार राति मृत अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले हत्याको अभियोगमा प्रवीन थापासहितका ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–२ घर भएका प्रवीन थापाको नाममा बुक गरेको कोठामा ती महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शव होटलको कोठामा रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले मृत्यु शंकास्पद देखेपछि अनुसन्धानको क्रममा कोठा बुक गर्ने प्रवीन थापासहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Published : Thursday, 2023 September 21, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया