भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

भक्तपुर नगरपालिका–७ इनाचो बस्ने हर्करत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने भारत पश्चिम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपियाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Tuesday, 2023 September 19, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया