वाणगंगामा बलबहादुरको हत्या

काठमाडौं । कपिलवस्तु जिल्लामा चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २६ वर्षीय विकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बुबा ६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने विकाश परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएका थिए ।

चिर्पट प्रहारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले विकाश परियारलाई पक्राउ गरेको छ । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Published : Tuesday, 2023 September 19, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया