मादक पदार्थ सेवन गरेर आएका दीपेश र डम्बरबहादुरलाई मलेखुमा एसिड प्रहार

काठमाडौं । धादिङ जिल्लामा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुई जनामाथि एसिड प्रहार भएको छ ।

मंगलबार बिहान गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रवीण बिकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी बिकको पसलमा पुगेका व्यक्तिले विवाद गरेका थिए । बिकले आफ्नै पसलमा रहेको एसिड निकालेर छ्यापेका थिए ।

बिकले प्रहार गरेको एसिडबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दीपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन् ।

एसिड प्रहार गर्ने बिक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

दीपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले बताएका छन् ।

Published : Tuesday, 2023 September 19, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया