हामी सबै अतिबादी सोँचबाट बच्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधै सबैखालका अतिवादको बिरुद्धमा रहेको बताएका छन् ।
मुस्लिम आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको ‘इस्लाममा संहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रबर्द्धनमा यसको भूमिका’ बिषयक गोष्ठीमा बोल्दै उनले सबै नेपाली अतिबादको बिरुद्ध र शान्तिको पक्षमा रहेको बताए ।
‘मानिस चेतना र विवेकका हिसाबले सर्वश्रेष्ठ प्राणी भएपनि अहिले पनि धार्मिक, जातीय तथा भौगोलिक हिसाबले अतिवादी सोच राख्नेहरुले हिंसा मच्चाउन छाडेका छैनन’, उनले भने, ‘मानव भएर पनि यस्ता अतिवादी सोच राख्नेहरू समाज र बिश्वकै लागि कलंक शिवाय केही होइनन् ।’
अध्यक्ष तिमिल्सिनाले बिभिन्न खाले अतिबादी सोँचबाट बच्न आवश्यक रहेको बताए । मानव मानवका बीचमा बिभेद गर भनेर कुनै पनि धर्मले नभनेको उनले बताएका छन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिब डा. अवाद साब्ती अल्नाजीले सबै जनताका बीचमा सहअस्त्वि बढाउने तथा सबै खाले अतिबाद र आतंकबादका बिरुद्ध आवाज उठानुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया