तीन जना एआइजीहरूको सरुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका तीन जना एआइजीको सरूवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीन जना एआइजीको सरुवा गरेको हो । चन्द्रप्रकाश गौतमलाई मानव स्रोत, बंशी दाहाललाई कार्य विभाग र रामशरण पौडेललाई सीमा विभागमा सरुवा गरेको छ ।

सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्वबैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

कर प्रणाली सुधारका लागि राय सहितको सुझाव पेश गर्न श्री विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिनेलगायत निर्णय पनि सरकारले गरेको छ ।

Published : Sunday, 2023 September 17, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया