अट्वारी पर्वको अवसरमा लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए शुभकामना

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अट्वारी पर्वको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार मुख्यमन्त्री चौधरीले शुभकामना सन्देश जारी गरेर अट्वारी पर्वको अवसरमा शुभकामना दिएका हुन् ।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायले अट्वारी पर्व थारु समुदायले महत्वपूर्ण पर्वका रुपमा मनाउने गरेका छन् ।

मुख्यमन्त्री चौधरीले भने, ‘आज लुम्बिनी प्रदेशसहितका प्रदेशहरूमा वसोवास गर्ने थारु समुदायले अट्वारी पर्व मनाउँदै यो पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दछु ।’

‘थारु समुदायका सबै पर्वहरू मौलिक र इतिहास बोकेका छन्’, चौधरीले भने, ‘अट्वारी पर्व पनि आफ्नै मौलिक विशेषता बोकेको पर्व हो ।’

‘अट्वारी पर्वले एकता, भ्रातृत्व, सामाजिक न्याय र समृद्धिको सन्देश दिन सकोस् शुभकामना छ’, मुख्यमन्त्री चौधरीले भने ।

‘सहअस्तित्व, भ्रातृत्व, सामाजिक न्याय, धर्म संस्कृति, परम्परासंग जोडिएको पर्वले समुदायमा सामाजिक सद्भाव समेत निमार्ण गर्दै आएका छन्’, उनले भने ।

‘पछिल्लो समय पर्व मनाउने नाममा आएका विकृति, विसंगति बढीरहेको छ । यसलाई रोक्नुपर्ने अबस्था छ’, उनले भने, ‘यसको संरक्षण र विकासका लागि पर्वलाई पूर्णरुपमा मौलिक पर्वका रुपमा मनाइनुपर्छ ।’

Published : Sunday, 2023 September 17, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया