यज्ञबहादुर केसी घोराहीको हिलटन होटलबाट पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ कसूरमा फरार रहेका ३६ वर्षीय यज्ञबहादुर केसीलाई पक्राउ गरेको छ ।
तुलसीपुर उप–महानगरपालिका वडा नं. १० गैरीगाउँबस्ने केसीलाई प्रहरीले खोजी गरिरहेको थियो । केसी घोराहीस्थित हिलटन होटलमा लुकीछिपी बसेका थिए । उनलाई होटलबाट पक्राउ गरिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सर्वेच्च अदालत काठमाडौबाट मिति २०७९/१०/०४ गते बैङ्किङ कसूर मुद्दामा चौध लाख पचास हजार रुपियाँ जरिवाना फैसला भएको थियो ।
फैसला भएपछि केसी फरार रहेका थिए । केसीलाई पक्राउ गरेर प्रहरीले जिल्ला अदालत दाङमा पेश गरेको छ ।

Published : Sunday, 2023 September 17, 4:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया