दाङमा ६५ वर्षीया महिलालाई जबरजस्ती करणी

काठमाडौं । दाङ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ५३ वर्षीय कुलबहादुर बिकलाई पक्राउ गरेको छ ।

६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Sunday, 2023 September 17, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया