रौतहटमा सुनिल यादवको हत्या, चार जना पक्राउ

काठमाडौं । रौतहट जिल्लामा ३२ वर्षीय सुनिल यादवको हत्या गरेको अभियोगमा प्रहरीले २५ वर्षीय बद्री साहलाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका–५ सपहिमाई मन्दिर बस्ने सुनिल यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बद्री साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही ठाउँ बस्ने ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयलाई लिएर विवाद हुँदा रामबाबु साहको छोरा बद्री साहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका सुनिलको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बद्री साहलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको लागि उक्त झै–झगडामा संलग्न रामबाबु समेत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Sunday, 2023 September 17, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया