नक्कली घुमुवा प्रहरी धनुषामा पक्राउ, गजडीहरू फन्दामा

काठमाडौं । धनुषा जिल्लामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अपराध गरेर फरार रहेका अर्का व्यक्तिको खोजी कार्य जारी रहेको छ ।

बिहीबार साँझ विदेह नगरपालिका वडा नं. ३ चिकनास्थित सडकमा मैनाथपुरबाट ज ७ प ६०८६ नम्बरको मोटरसाईकलमा जनकपुर उप–महानगरपालिका वाडा नं. २४ सोनापरा बस्ने वर्ष २३ को सुरज मण्डल, वर्ष १८ को सुमितकुमार राम, विदेह नगरपालिका वडा नं.८ बस्ने वर्ष २० को फेकुन मण्डल सवार भई तिनकोरियातर्फ जाँदै गर्दा ज १० प ३७०५ नम्बरको मोटरसाईकलमा २ जना चढी आएका व्यक्तिले हामी घुमुवा प्रहरी हो भनी धाक धम्की डर देखाई ४ हजार लुटी भागरेको प्रहरीले जनाएको छ ।

भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलगन ज १० प ३७०५ नम्बरको मोटरसाइकल र चालक धनुषाको कमला नगरपालिका वडा नं. ३ लग्मा बस्ने वर्ष ३१ को अमरेशकुमार यादबलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

अमरेशकुमारलाई प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ । अन्य १ जना फरार रहेकोलाई तिव्ररूपमा खोजतलाश कार्य भई रहेको छ ।

यता, धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ जनकपुर ढल्केबर सडक खण्डमा प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार प्रदेश २–०२–००१ प ०६२४ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ढल्केवरबाट जनकपुरतर्फ लगीरहेका व्यक्तिलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५० को राजकुमार महतोले चलाएको मोटरसाईकलको पछाडि सवार क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३५ को मनोजकुमार पण्डित समेतबाट गाँजा बरामद भएको छ । उनीहरूको साथबाट ९ किलो गाँजा बरामद भएको छ ।

Published : Friday, 2023 September 15, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया