घोराहीमा छोराले बुबाको हत्या गरे, सन्तोष पक्राउ

काठमाडौं । दाङबाट प्रहरीले आफ्नै बुबाको हत्या गरेको अभियोगमा फरार रहेका २८ वर्षीय सन्तोष केसीलाई पक्राउ गरेको छ ।

घोराही उप–महानगरपालिका वडा नम्बर ५ दलजितपुर बस्ने सन्तोषले मादक पदार्थ सेवन गरी आफ्नै बुवा वर्ष ५१ का प्रेमबहादुर केसीको हत्या गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

सन्तोषले आफ्ना बुबा प्रेमबहादुरलाई घरमा सुतिरहेको अबस्थामा लात्ती मुक्काले शरीरको बिभिन्न भागमा प्रहार गरी मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका प्रेमबहादुरको मृत्यु भएको थियो । प्रेमबहादुरकी श्रीमती लुमा खत्रीले आफ्नै छोरा सन्तोषविरुद्ध जाहेरी दिएकी थिइन् ।

सन्तोषलाई पक्राउ गरेर प्रहरीले कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Friday, 2023 September 15, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया