काठमाडौंबाट २५ वर्षीया सुधार पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २५ वर्षीया सुधा चौधरीलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका– ९ सिनामंगल बस्ने झापाको बिर्तामोड नगरपालिका–४ घर भएकी सुधालाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

वैदेशिक रोजगारमा अल्वानिया जानको लागि ८ लाख रुपियाँ लाग्छ र त्यहाँ पुगेपछि प्यकिङमा मासिक ७२ हजार रूपियाँभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटक–पटक गरी २ लाख ७२ हजार रूपियाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ । सुधारलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचालमा पठाइएको छ ।

Published : Tuesday, 2023 September 12, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया