टोले गुण्डा सुरज काँडाघारीबाट पक्राउ

काठमाडौं । आपराधिक लाभ (एक्सटोर्सन) लिएको आरोपमा प्रहरीले महानगरपालिका–३२ बस्ने टोले गुण्डा ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठलाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठसहित केही व्यक्तिहरूले भदौ २० गते काँडाघारीस्थित घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई बन्धक बनाएका थिए ।

श्रेष्ठले पीडित बोले वा कराएमा ज्यान समेत मार्ने धम्की दिएर २० लाखको चेक र साढे ८ लाख कागज गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आपराधिक लाभ लिएको उजुरी परेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

आपराधिक लाभ लिन नहुने कसूरमा म्याद थपेर अनुसन्धानका लागि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

सो घटनामा संलग्न अन्य व्यक्तिहरू फरार छन् । उनीहरूको पनि खोजी भइरहेको छ ।

पक्राउ परेका श्रेष्ठ यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । श्रेष्ठ गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2023 September 12, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया