एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन, बिहानै ओली अस्पताल पुगे
काठमाडौं । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
मंगलबार बिहान करीव १ बजे काठमाडौंमा हृदयघातका कारण नेम्वाङको निधन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।
बालुवाटारस्थित निवासमा नेम्वाङलाई स्वास्थ्यमा समस्या देखिएपछि महाराजगमा रहेको त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अस्पताल पुग्नेवित्तिकै चिकित्सकहरूले नेम्वाङलाई मृत घोषणा गरेका थिए ।
नेम्वाङ पूर्वसभामुख तथा संविधानसभाका पूर्वअध्यक्ष हुन् ।
नेम्वाङको निधन भएको थाहा पाउनेवित्तिकै एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका एमालेका नेताहरू राति नै अस्पताल पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि अस्पताल पुगेका छन् ।
एमाले उपाध्यक्ष नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया