पुष्पा २ को पोस्टर सार्वजनिक, अगस्टमा रिलिज हुने

मुम्बई । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ अगस्ट १५ देखि प्रदर्शन हुने भएको छ ।

सोमबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन सन् २०२४ अगस्ट १५ देखि प्रदर्शन हुने जानकारी दिएका हुन् । फिल्ममा अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहनेछ ।

फिल्म भारतको स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गर्न लागिएको छ । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ बक्स अफिसमा सफल भएको थियो । फिल्म ‘पुष्पा २’ ‘पुष्पा’ कै सिक्वेलमा बनाइएको छ ।

सुकुमार निर्देशित फिल्म ‘पुष्पा २’ मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ ।

Published : Monday, 2023 September 11, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया