कञ्चनपुरका आरक्ष पीडितले माइतीघरमा थाले भोक हड्ताल
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरूले देशको राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल शुरु गरेका छन् ।
आरक्षबाट विस्थापित भएको २२ वर्ष वितिसक्दा पनि पुनर्स्थापनामा राज्यले वेवास्ता गरेको भन्दै पीडितले सोमबारदेखि माइतीघर मण्डलामा भोक हड्ताल शुरु गरेका हुन् ।
तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौं परिवार विस्थापित गरे पनि अझै उनीहरूको पुनस्र्थापना हुन सकेको छैन ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरू पुनर्स्थापनाका लागि पाँच बुँदे मागसहित भोक हड्तालमा बसेका हुन् ।
पीडितले प्रतिपरिवार दश कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।
भोक हड्तालमा बसेका आरक्ष पीडित संघर्ष समितिका सचिव भट्टले समस्या समाधान गर्ने भनेर प्रधानमन्त्रीदेखि कञ्चनपुरका जनप्रतिनिधिले आश्वासनमात्रै दिएको र पुनर्स्थापनाका लागि कुनै कदम नचालेकाले बाध्य भएर सडकमा आएको बताए ।
‘अब माग पूरा नभएसम्म हामी पछि हट्दैनौं । हामीमाथि राज्यको विभेदले सीमा नाघ्यो । यथाशीघ्र हाम्रो पुनर्स्थापना हुनुपर्छ’, उनले भने ।
आरक्षपीडितको नाममा राजनीतिक दलहरुले कमाइ खाने भाँडो अब बन्द हुनुपर्ने उनको भनाइ छ । पीडितको पुनर्स्थापनाका लागि राज्यले ३२ वटा आयोग बनाए पनि समस्या समाधान भएको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया