उप–प्रधान एवं रक्षामन्त्री खड्का डिस्चार्ज
काठमाडौं । उप–प्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आइतबार वीरेन्द्र अस्पताल छाउनीबाट नेपाली कांग्रेसका उप–सभापति समेत रहेका रक्षामन्त्री खड्का डिस्चार्ज भएको अस्पतालका महासेनानी अन्जनकेशर खत्रीले बताएका छन् ।
खड्का भदौ १३ गते बुधबार अस्पतालमा भर्ना भएका थिए । खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।
प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो ।
शल्यक्रियापछि चिकित्सकको निगरानीमा रहेका खड्कालाई आइतबार डिस्चार्ज गरिएको छ ।
Published : Monday, 2023 September 11, 12:13 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया