भुजहवाबाट २० लाखसहित दुई जना पक्राउ
काठमाडौं । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन कुजडा रहेको प्रहरीले जनाएको छ ।
भुजहवा पुलनजिकै नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरूका साथबाट रकम बरामद भएको हो ।
बरामद रकमको स्रोत खुलाउन नसकेका दुवैलाई नियन्त्रणमा लिइएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताएका छन् ।
बरामद रकममा १ हजार दरका १ हजार १ सय ९० थान नोट र ५ सय रुपियाँका १ हजार ६ सय २० थान नोट बरामद भएको छ ।
दुवैलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया