झापाका कोइला व्यापारी दुर्गाप्रसाद साढे दुई महिनादेखि वेपत्ता
काठमाडौं । झापाको मेचीनगर नगरपालिका वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल साढे दुई महिनादेखि सम्पर्कविहीन भएका छन् ।
दाहालले भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका छन् । असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताएकी छिन् ।
शोभाले बेपत्ता भएका आफ्ना पतिको खोजीका लागि प्रहरीसँग अनुरोध गरेकी छिन् । शोभाले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएकी छिन् ।
प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताएका छन् ।
Published : Saturday, 2023 September 9, 11:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया