सामाखुसीबाट रत्नकेशरी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको सामाखुसीबाट ५० वर्षीया रत्नकेशरी श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठले अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख रुपियाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख ।

भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्दै आएकी श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिने भनेर ठगी गरेको आरोप छ ।

श्रेष्ठले लामासँग २० लाख लाग्ने बताएकी थिइन् । अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाखभन्दा धेरै तलब हुने आश्वासन दिइएको थियो ।

प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी जम्मा नौ लाख रुपियाँ ठगेको प्रहरीले जनाएको छ ।

रकम लिएपछि श्रेष्ठ सम्पर्क भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् । विभागको पत्राचारको आधारमा कार्यालयको टोलीले शुक्रवार आरोपीलाई सामाखुसीबाट पक्राउ गरेको छ ।

श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2023 September 9, 12:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया